कतार विश्वकप : मेक्सिकोमाथि अर्जेन्टिनाको जित - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कतार विश्वकप : मेक्सिकोमाथि अर्जेन्टिनाको जित

मंसिर ११, दमक । कतारमा जारि फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले जित हासिल गरेको छ ।

शनिबार राति भएको खेलमा मेक्सिकोलाई २–० ले हराउदै अर्जेन्टिनाले शानदार जित हासिल गरेको हो ।

अर्जेन्टिनाको जितमा लियोनल मेस्सी र फर्नान्डेजलेले एक एक गोल गरे । खेलको ६४ औं मिनेटमा एन्जल डि मारियाको पासलाई सदुपयोग गर्दै मेस्सीले गोल गर्दै १–० ले अर्जेन्टिनालाई अघि बढाएका थिए ।

खेल सकिन तीन मिनेट अघि मेस्सीको पासमा फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई २–० को जित दिलाए ।

जितसँगै अर्जेन्टिनाले विश्वकपको अघिल्लो चरणको यात्रालाई जिवितै राखेको छ । समूह सीमा अर्जेन्टिना तीन अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको साउदीको समेत समान तीन अंक छ । पोल्याण्ड ४ अंक सहित समूहको शीर्ष स्थानमा छ । एक अंक सहित मेक्सिको पुछारमा छ ।

 

सम्बन्धित खवर