आत्मानन्द कप : आज चारतारे मोरङ र तिजोग पाँचथर भिड्दै - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप : आज चारतारे मोरङ र तिजोग पाँचथर भिड्दै

  • आन्छुमे नसान(काकीराम लावती)

मंसिर ११, माङसेबुङ । इलामको माङ्सेबुङमा जारि आत्मानन्द कप पुरुष फुटबल प्रतियोगितामा आज आईतबार चारतारे युवा क्लब मोरङ र तिजोग युवा क्लब पाँचथरबिच प्रतिस्पर्धा हुदैछ ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज आईतबार चारतारे मोरङ र तिजोग पाँचथरबिच प्रतिस्पर्धा हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

हिजो शनिबार भएको खेलमा कर्णसिं सोनाम फुटबल क्लव ताप्लेजुङलाई २–० गोल अन्तरले पराजित गर्दै जलथल फुटबल क्लब झापाले सेमिफाइनलमा स्थान पक्का बनाएको छ ।

जलथल झापाको जितमा कर्ण लिम्बू र सन्देश भुजेलले गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुनेछ ।

आत्मानन्द कप दुईसाल यता इलाम जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल खेलको रुपमा रहेको छ । इलामा सदरमुकमा आयोजना हुने माइभ्याल्ली कप केही साल यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो पुरस्कार राशीको कपको रुपमा रहेको छ ।

यसैगरि बिरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ सम्बा पबित्रहाङमा लिङदेनको देवसमुपस्थितिमा श्री सरस्वती मा.बि. का बिधार्थीहरुकोे मार्चपास सँगै सुरु भएको उद्घाटन खेल माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा संचालन हुँदै आएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

 

सम्बन्धित खवर