आत्मानन्द कप : तिजोग पाँचथर सेमिफाइनलमा प्रवेश - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप : तिजोग पाँचथर सेमिफाइनलमा प्रवेश

  • आन्छुमे नसान(काकीराम लावती)

मंसिर ११, माङसेबुङ । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप पुरुष फुटबल प्रतियोगितामा तिजोग युवा क्लब, पाँचथर सेमिफाइनलमा प्रवेश गरेको छ ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज आईतबार भएको खेलमा चारतारे युवा क्लब, मोरङलाई ३–१ गोल अन्तरले पराजित गर्दै तिजोग पाँचथरले सेमिफाइनलमा स्थान पक्का बनाएको हो ।

तिजोकको जितमा भुवन बस्नेतले दुई गोल गरे भने थप एक गोल मिन धिमालले गरे । चारतारेका लागि सागर तिवारीले एक मात्र गोल फर्काए ।

खेलमा तिजोगका लागि दुई गोल गरेका भुवन बस्नेत म्यान अफ द म्याच समेत चुनिए ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कप अन्तरगत भोलि सोमबार छथर गाउँपालिका, तेह्रथुम र मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ, भारतबिच हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारतको दार्जिलिङ गरि आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहेको सचिव राईले बताईन् ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुनेछ ।

आत्मानन्द कप दुईसाल यता इलाम जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल खेलको रुपमा रहेको छ । इलामा सदरमुकमा आयोजना हुने माइभ्याल्ली कप केही साल यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो पुरस्कार राशीको कपको रुपमा रहेको छ ।

आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा संचालन हुँदै आएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

सम्बन्धित खवर