उपासना र इन्द्रहाङद्वारा अभिनित ‘तिमी गीत जीन्दगीको’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उपासना र इन्द्रहाङद्वारा अभिनित ‘तिमी गीत जीन्दगीको’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

मंसिर १३, माङसेबुङ । लोकप्रिय नायीका तथा मोडल उपासना र इन्द्रहाङ लिङदेनद्वारा अभिनित ‘तिमी गीत जीन्दगीको’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार पवन चाम्लिङ ‘किरण’को शव्द तथा संगीतकार बिबी अनुरागीको संगीतमा राजेश पायल राई र अन्जु पन्तको आवाजमा सजिएको गीत ‘तिमी गीत जीन्दगीको’ भिडियो ओएसआर डिजिटल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

कमल राईको निर्देशन तथा कोरियोग्राफीमा प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको भिडियोमा सुमित गुरुङको सहायक कोरियोग्राफी, शिव ढकालको डिओपी, मनोज लामाको मेकअप, मनोज कार्कीको सम्पादन, कलर रहेको छ ।

प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतकोे मिक्सिङ तथा मास्टरिङ श्याम श्वेत रसाईलीको रहेको छ भने भिडियोमा लुमीनस पोष्ट वर्कस्को पोष्ट प्रडक्शन रहेको छ ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर