आत्मानन्द कप : तिजोग पाँचथर फाइनलमा, बुधबार झापा र तेह्रथुम भिड्दै - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप : तिजोग पाँचथर फाइनलमा, बुधबार झापा र तेह्रथुम भिड्दै

मंसिर १४, माङसेबुङ । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा तिजोग युवा क्लब, पाँचथर फाइनलमा प्रवेश गरेको छ ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा मंगलबार भएको सेमिफाइनल खेलमा हाटखोला फुटबल क्लव सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै तिजोग पाँचथरले फाइनलमा स्थान पक्का गरेको हो ।

तिजोक पाँचथरको जितमा रोशन आङ्देम्बेले एक मात्र निर्णायक गोल गरे ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कप अन्तरगत आज बुधबार जलथल फुटबल क्लव, झापा र छथर गाउँपालिका, तेह्रथुमबिच दोस्रो सेमिफाईनल खेल हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारतको दार्जिलिङ गरि आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहेको सचिव राईले बताईन् ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुनेछ ।

आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा संचालन हुँदै आएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

सम्बन्धित खवर