कतार विश्वकप : जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कतार विश्वकप : जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

मंसिर १६, माङसेबुङ । कतारमा जारी फिफा विश्वकप फुटबलमा जापान नकआउट चरणमा प्रवेश गरेको छ ।

बिहीबार राति खालिफा अन्तराष्ट्रिय स्टेडियममा स्पेनलाई २–१ गोल अन्तरले हराउँदै जापानले अन्तिम १६ मा स्थान पक्का बनाएको हो ।

जापानको जितमा रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । यता स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए ।

खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्दै खेलको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ५१ औं मिनेटमा टानकाले गोल गर्दै जापानलाई २–१ को जित दिलाए ।

जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो । पराजित स्पेन पनि समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

यता जर्मनी भने जारि विश्वकपमा समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलमा कोष्टारिका माथि ४–२ गोल अन्तरले जित निकालेपनि अन्तिम १६ मा स्थान बनाउन सकेन ।

सम्बन्धित खवर