आत्मानन्द कप : उपाधिका लागि पान्थर र तेह्रथुम भिड्दै - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप : उपाधिका लागि पान्थर र तेह्रथुम भिड्दै

  • आन्छुमे नसान(काकीराम लावती)

मंसिर १७, माङसेबुङ । इलामको माङसेबुङमा जारि आत्मानन्द कप १५औं संस्करण पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि तिजोक युबा क्लब, पान्थर र छथर गाउँपालिका, तेह्रथुमविच प्रतिस्पर्धा हुदैंछ ।

माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउँसो २ः३० बजे सुरु हुने फाईनल खेलमा उपाधिका लागि पान्थर र छथर भिड्न लागेका हुन् ।

पान्थरले हाटखोला फुटबल क्लव सुनसरीलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो । यस्तै तेह्रथुमले भने जलथल फुटबल क्लव झापालाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कप १५ औं संस्करणमा नेपाल र भारतका आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहेको थियो ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुने सचिव राईले बताईन् ।

सम्बन्धित खवर