आत्मानन्द कपको उपाधि छथर तेह्रथुमलाई - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कपको उपाधि छथर तेह्रथुमलाई

  • आन्छुमे नसान(काकीराम लावती)

मंसिर १७, माङसेबुङ । इलामको माङसेबुङमा सम्पन्न भएको आत्मानन्द कप १५औं संस्करण पुरुष फुटबल प्रतियोगिताको उपाधि छथर गाउँपालिका, तेह्रथुमले जितेको छ ।

माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाईनल खेलमा तिजोग फुटबल क्लव पान्थरलाइ २–० गोल अन्तरले पराजित गर्दै छथर तेह्रथुमले उपाधि कव्जा गरेको हो ।

छथर तेह्रथुमको जितमा कप्तान महेन्द्र कार्की र मिलन लिम्बूले एक एक गोल गरे ।

खेलको पहिलो हाफको छैटौं मिनेटमा तेह्रथुमका कप्तान कार्कीले हेड मार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको १९ औं मिनेटमा लिम्बूले गोल गर्दै २–० को जित दिलाए ।

आज भएको फाईनल खेलको म्यान अफ दि म्याच तेह्रथुमका कप्तान महेन्द्र कार्की घोषित भए ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कप १५ औं संस्करणमा नेपाल र भारतका आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहेको थियो ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कार वितरण भने भोलि आईतबार मुल समारोह कार्यक्रमबाट प्रदान गरिने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मन कुमार आङबुहाङले बताए ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु समेत आइतबार बिहान आयोजना हुने अध्यक्ष आङबुहाङले बताए ।

यसैगरि फाईनल खेल अघि धार्मिक, शैक्षिक संघसंस्था र राजनितिक, जनप्रतिनिधिबिच भएको मैत्रीपुर्ण खेलमा धार्मिक, शैक्षिक संघसंस्थाले १–० गोल अन्तरले जित हासिल गरेको थियो ।

सम्बन्धित खवर