अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा, ब्राजिल र नेदरल्यान्ड्स घर फक्र्यो - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा, ब्राजिल र नेदरल्यान्ड्स घर फक्र्यो

मंसिर २४, माङसेबुङ । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ ।

लुसाइल स्टेडियममा शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाईनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा समेत २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

पेनाल्टीमा अर्जेन्टिनाले बाजी मारेको हो ।

अर्जेन्टिनाका लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे । अर्जेन्टिनाका एन्जो फर्नान्डेज पेनाल्टीमा चुके ।

पेनाल्टीमा नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गरे । तर, भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा गोल गर्न चुके ।

यसैगरि कतारमा जारी फिफा विश्वकप फुटबलको साविक उपविजेता क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ ।

एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेकोे हो ।

रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

३० मिनेटको अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।

पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे ।

ब्राजिलका क्यासिमेरो र पेड्रोले गोलमात्र गरे । रोड्रिगो र मार्क्विवन्होस पेनाल्टीमा गोल गर्न चुके ।

योसँगै अर्जेन्टिना र क्रोएसियाले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । यता ब्राजिल र नेदरल्यान्डस् भने घर फर्किएको छ ।

सम्बन्धित खवर