मेस्सीलाई गोल्डेन बल, एमबाप्पेलाई गोल्डेन बुट, मार्टिनेजलाई गोल्डेन ग्लोभ्स र फर्नान्डेजलाई युवा खेलाडी अवार्ड - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मेस्सीलाई गोल्डेन बल, एमबाप्पेलाई गोल्डेन बुट, मार्टिनेजलाई गोल्डेन ग्लोभ्स र फर्नान्डेजलाई युवा खेलाडी अवार्ड

पुस ४, माङसेबुङ । कतार विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल्डेन बल अवार्ड जितेका छन् ।

कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् । अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मेस्सी नायक बनेका थिए ।

मेस्सीले कतार विश्वकपमा ७ खेलमा कुल ७ गोल गरेका थिए ।

एमबाप्पेलाई गोल्डेन बुट

यसैगरि फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले कतार विश्वकपमा गोल्डेन बुट जितेका छन् ।

कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् । एमबाप्पेले कतार विश्वकपको ७ खेलमा ८ गोल गर्दै गोल्डेन बुट जितेका हुन् ।

मार्टिनेजलाई गोल्डेन ग्लोभ्स

यस्तै अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कतार विश्वकपमा गोल्डेन ग्लोभ्स अवार्ड जितेका छन् ।

कतार विश्वकपमा उत्कृष्ट गोलकिपर बन्दै मार्टिनेजले गोल्डेन ग्लोभ्स अवार्ड जितेका हुन् । अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

फर्नान्डेजलाई युवा खेलाडीे अवार्ड

अर्जेन्टिनाका इन्जो फर्नान्डेजले कतार विश्वकपमा युवा खेलाडीको अवार्ड प्राप्त गरेका छन् ।

फर्नान्डेजले अर्जेन्टिनाका लागि फाइनल यात्रासम्म उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सम्बन्धित खवर