शान्तिनगर सुनसरी जय हुँमागाई स्मृति गोल्ड कपको सेमिफाईनलमा - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शान्तिनगर सुनसरी जय हुँमागाई स्मृति गोल्ड कपको सेमिफाईनलमा

पुस ७, दमक । झापाको दमक ३ बेलडाँगीमा जारी प्रथम अन्तरराष्ट्रिय आमन्तृत जय हुँमागाई स्मृति गोल्ड कप फुटबल प्रतियोगितामा शान्तिनगर फुटबल क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा पथरी शनिश्चरे (पुनर्वास) मोरङलाई टाईब्रेकरमा ३–२ गोल अन्तरले पराििजत गर्दै शान्तिनगरले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।

निर्धारित ६० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाईब्रेकरमा धकेलिएको थियो ।

खेल अवधिभर दुवै टीमले पाएका राम्रा अवसरहरु सदुपयोग गर्न सकेनन् ।

खेलको मेन अफ दी म्याच शान्तिनगरका गोल किपर प्रविजय गच्चेदार भए । उनले नगद ५ हजार, मेडल र मायाको चिनो प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत भोलिको खेल स्थानीय बी वाई सी बेलडाँगी झापा र क्यामरुनको एभेनियर फुटबल क्लबबीच हुने आयोजक जय हुँमागाई फाउण्डेसनका अध्यक्ष शिव हुँमागाईले बताए ।

यसअघि हिजो भएको उद्घाटन खेलमा सिरहाको सह्लेश युवा क्लब बिर्तामोडस्थित युनाइटेड फुटबल क्लब झापालाई टाई ब्रेकरमा ४–२ ले पाखा लगाउँदै अन्तिम ४ मा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताका विजेताले नगद ५ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेतले नगद ३ लाख सहित प्राप्त गर्ने छन् ।

उत्कृष्ट खेलाडी, हाई स्कोरर र गोल किपरले जनही नगद २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा विभिन्न ८ टीम सहभागी छन् । प्रतियोगिताको फाईनल खेल पुस १३ गते हुनेछ ।

 

सम्बन्धित खवर