आयोजक बीवाईएससी अमेरिका सेमीफाइनलमा प्रवेश - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आयोजक बीवाईएससी अमेरिका सेमीफाइनलमा प्रवेश

पुष्स ९, दमक । झापाको दमक ३ बेलडाँगीमा जारी अन्तराष्ट्रिय आमन्तृत जय हुँमागाई स्मृति गोल्ड कपमा आयोजक बीवाईएससी अमेरिका सेमीफाइनलमा प्रवेश गरेकोछ ।

शनिबार भएको अन्तिम क्वाटरफाईनल खेलमा दार्जिलिङको युके फुटबल क्लबलाई टाई ब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै आयोजक बीवाईएससी अमेरिका सेमिफाईनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा १–१ बराबरी खेलेको बीवाईएससीले टाई ब्रेकरबाटकठिन जित निकाल्दै सेमी फाइनल यात्रा तय गरेको हो ।

जितसँगै उसले शान्तिनगर फुटबल क्लब सुनसरीसँग सेमिफाईनलमा भेट पक्कागरेको छ ।

खेलमा बीवाईएससीका गोलकिपर पुजन थापामगर मेन अफ दीम्याच भए । उनले नगद ५ हजार र मेडल प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत भोलिबाट सेमीफाइनलका खेल सुरु हुनेछन् ।

भोलिको पहिलो सेमीफाइनल खेल सह्लेश युवा क्लब सिरहा र एभनिर फुटबलक्लब क्यामरुनबीच हुने आयोजक जय हुँमागाई मेमोरियल ट्रस्टले जनाएको छ ।

सम्बन्धित खवर