यु–१४ फुटबल प्रतियोगिताको उपाधि सरस्वती माबिलाई - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यु–१४ फुटबल प्रतियोगिताको उपाधि सरस्वती माबिलाई

पुस १८, माङसेबुङ । किरात इतिहासविद इमानसिं चेम्जोङको १२० औ जयन्तीको अवसरमा आयोजित यु–१४ फुटबल प्रतियोगिताको उपाधि श्री सरस्वती माबि भालुटार (बि) ले जितेको छ ।

माङसेबुङ ५ मा अवस्थित प्रस्तावित आत्मानन्द रंगशालामा आइतबार भएको फाईनल खेलमा सरस्वती माबि भालुटार (ए)लाई ट्राइबेकरमा पराजित गर्दै सरस्वती माबि (बि) ले उपाधि चुमेको हो ।

खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलमा सरस्वती (ए) ले उपबिजेतामा चित्त बुझाएको छ ।

बिजेता टिमले नगद ८ हजार रुपैयाँ ट्रफी र मेडल संगै प्रमाणपत्र प्राप्त गरे । यस्तै उपबिजेताले ५ हजार रुपैयाँ ट्रफी र मेडल सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

खेलमा ८ टिमको सहभागिता रहेको थियो । आत्मनन्द रंगशालामा आयोजित खेलको आयोजना आत्मा पबित्र हक्चात यक्चुम खेलकुद समितिले गरेको थियो ।

 

सम्बन्धित खवर