चौबिसे कला, साहित्य तथा साँस्कृतिक समाजको कार्यालय उद्घाटन् - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चौबिसे कला, साहित्य तथा साँस्कृतिक समाजको कार्यालय उद्घाटन्

पुस २२, चौबिसे । धनकुटाको चौबिसे गाउँपालिका राजारानीमा चौबिसे कला, साहित्य तथा साँस्कृतिक समाजको कार्यालय उद्घाटन भएको छ ।

शुक्रबार चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ र उपाध्यक्ष टंकमाया मगरले चौबिसे कला, साहित्य तथा साँस्कृतिक समाजको कार्यालय उद्घाटन गरेका हुन् ।

समुदघाटन कार्यक्रम चौबिसे गाउँपालिका कार्यालयको सभा हलमा सन्चालन गरिएको थियो भने पालिकाकै भवनमा एउटा कोठा र आबश्यक टेबुल कुर्सि दराज लगायतका सामाग्रीहरु उपलब्ध गराइ दिएको र उक्त दिनबाटै संस्थाको कामकाज सुचारु हुने गरि सन्चालनमा ल्याइएको संस्थाका अध्यक्ष आधुनिक देवानले बताए ।

कार्यक्रममा चौबिसे गाउँपालिकाको आठओटै वडाका वडा अध्यक्षहरु, राजनितिक दल, स्थानीय बुद्दिजीवि, समाजसेवि, प्रशासन, शिक्षक, कर्मचारी र कलाकारहरुको सहभागिता रहेको थियो ।

यसैगरी भौतिक पूर्वधार र सामाजिक, शैक्षिक बिकास, साथै खेलकुद सँगै पर्यटन बिकास सँगै कला, साहित्य तथा मौलिक लोक संस्कृतिहरुको प्रमोट मार्फत चौबिसेलाई जुरुक्कै उठाएर लैजान जस्तोसुकै परिस्थितिमा पनि आफु ततपर रहेको गाउँपालिकाको अध्यक्ष चेम्जोङले मन्तब्यको क्रममा बताए ।

समुदघाटन कार्यक्रममा गायक मदन चेम्जोङ र देबेन्द्र चेम्जोङले गायन, अनुस्का कणेँल नृत्य प्रस्तुत गरेका थिए त्यस्तै गरी बँसुरी बाधक बिरु बिशालले बाँसुरीको धुन (अलाप) श्रवण गराएर कार्यक्रमलाई थप रोचक बनाए ।

कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष कवि दिवा चेम्जोङले राखेका थिए भने संस्थाका सचिव कवि कबिन तुम्बापोले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर