माङसेबुङमा मेलमिलाप सम्बन्धी आधारभुत तालिम सम्पन्न - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा मेलमिलाप सम्बन्धी आधारभुत तालिम सम्पन्न

  • शरण केरुङ लिम्बू

पुस २२, माङसेबुङ । माङसेबुङ गाउँपालिकामा मेलमिलाप सम्बन्धि आधारभुत तालिम आज शुक्रबार सम्पन्न भएको छ ।

गत पुस १५ मा शुरु भएको कार्यक्रम माङ्सेबुङ न्यायिक समितिको सचिवालयको आयोजना तथा व्यबस्थापन एव मानव अधिकार मन्च इलाम नेपालको सहजीकरण तथा प्राविधिक सहयोगमा ‘मेलमिलापकर्ता उत्पादन तालिम कार्यक्रम २०७९’ अन्तर्गत ८ दिने मेलमिलाप सम्बन्धि आधारभुत तालिम सम्पन्न भएको हो ।

उक्त तालिममा माङ्सेबुङ गाउँपालिकाका प्रत्येक वडाबाट वडा समितिको सिफारिसमा ७ जनाका दरले ४२ जनाको उत्साहपुर्ण तथा सक्रिय सहभागी थियो ।

यस तालिमको मुल उद्देश्य भनेकै पालिकाका वडा मेलमिलाप केन्द्रमा मेलमिलापकर्ताको रुपमा सुचिकृत गरि मेलमिलाप केन्द्रहरुको सुदृढीकरण तथा सक्रिय गर्न गराउनु, समाज अनि समुदायमा उत्पन्न विवाद, मुद्दा अनि उजुरिहरु सुबै पक्षालाई जितजित हुने गरि सहजीकरण गरि सुमधुर सम्बन्ध स्थापना सहित मेलमिलाप गर्न गराउनु रहेको आयोजकले जनाएको छ । ।

यसैगरि आम माङ्सेबुङका नगरिकहरुले छिट्टै छरितो, सस्तो, सहज सरल अनि न्यून लागतमा सहि निसाप दिनु समेत रहेको आयोजको भनाई थियो ।

माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक बिनोदकुमार नेम्बाङको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा माङ्सेबुङ गाउँपालिकाका प्राशासकीय अधिकृत बिनेद चैहानको आतिथ्यतामा सहभागी प्रशिक्षार्थीहरुलाई मेलमिलाप सम्बन्धि आधारभुत तालिमाको प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

८ दिन सम्म संचालन भएको उक्त तालिममा सहभागीहरुलाई मानव अधिकार मन्च इलामका प्रमुख सहजकर्ता पारस राई र सहजकर्ता याम माबोहाङले सफलीभुत सहजीकरण तथा प्रशिक्षण गरेका थिए ।

सम्बन्धित खवर