गंगा र विवसको आवाजमा यादन र हाङसेनको ‘माङघा वाआसाङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गंगा र विवसको आवाजमा यादन र हाङसेनको ‘माङघा वाआसाङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस २५, माङसेबुङ । गायीका गंगा लिम्बू र गायक विवस नेम्बाङको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘माङघा वाआसाङ’ सार्वजनिक गरिएको छ ।

गायक तथा संगीतकार यादन सेर्मा नुनाम र हाङसेन लिम्बूको शव्द तथा हाङसेन लिम्बूको संगीतमा सजिएको गीत ‘माङघा वाआसाङ’ सोमबार सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजनमा किङग् स्टुडियोमा सुरेश राईले रकर्ड गरेको गीतको मिक्सिङ राजु कार्कीलेनै गरेका हुन् ।

कुष्ण थलङको छायांकन तथा सम्पादन रहेको लिप्सिङ भिडियो गायक विवस नेम्बाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर