कृतिमान एवाई स्मृती कपको अन्तिम चारमा चुनिया, सरस्वती, लालिगुरास र लामिटार - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कृतिमान एवाई स्मृती कपको अन्तिम चारमा चुनिया, सरस्वती, लालिगुरास र लामिटार

पुस २७, माङ्सेबुङ । इलामको माङसेबुङमा किरात शहिद कृतिमान एवाइ स्मृती कप – २०७९ फुटबल प्रतियोगिता सेमिफाईनल समिकरण पुरा भएको छ ।

माङसेबुङ ५ मा अवस्थित आत्मानन्द रंगशालामा बुधबार भएको खेलमा नाम्बिन लालिगुरास (बि) टिमले नालीफूङ्वा लाई ट्राईबेकरमा पराजित गरेका थिए ।

यसैगरी आजै भएको दोस्रो खेलमा दुम्सेलाई हराउदै चुनियाले जीत हासिल गरे । त्यस्तै सरस्वती माबि र लामिटार फुटबल क्लब (बि) बीच भएको तेस्रो खेलमा सरस्वतीसंग लामिटार (बि) ले हार बेहोरेको थियोे ।

यसैगरी प्रतियोगितामा जीत हासिल गर्दै लामिटार क्लब (ए), नाम्बिन लालिगुरास, चुनिया र सरस्वती माबि सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको बिजेता टिमले १० हजार रुपैयाँ ट्रफी र मेडल संगै प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपबिजेताले ५ हजार रुपैयाँ ट्रफी र मेडल सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खेलमा ८ टिमको सहभागिता रहेको छ । आत्मनन्द रंगशालामा आयोजित खेलको आयोजना आत्मा–पबित्र हक्चात यक्चुम खेलकुद समितिले गरेको हो ।

किरात धर्म, भाषा ,लिपि र सस्कृतीको लागि दिलो ज्यान दिने कृतिमान एवाई राई तत्कालीन दशबर्षे दन्दकालमा माओवादी सशस्त्र समुहद्वारा मारिएको हो ।

सम्बन्धित खवर