माघे संक्राती आदिम पर्व हो : लिङदेन आत्मानन्द सेईङ - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माघे संक्राती आदिम पर्व हो : लिङदेन आत्मानन्द सेईङ

माघ १, माङसेबुङ । माघे संक्रातीको दिन नुहायो भने सदा सदाका लागि पाप पखालिने मान्यता रहेको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेङले बताउनु भयो ।

इलामको माई नगपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकाको संगमस्थल माङसेबुङ गाउँपालिका ३ स्थित फुलुङगीको गुफाडाँडामा आयोजीत माघे सक्रान्ति सत्यहाङ्मा मकर शान्ति सेवा (मेला) माङ अशीर्वचन प्रदान गर्नुहुदैं सो कुरा बताउनु र्भको हो ।

‘माघे संक्राती आदिम पर्व हो’ लिङदेन आत्मानन्द सेईङले बताउनुभयो, ‘माघे संक्राती पर्व दश हजार बर्ष अगाढी देखि मान्दै आएको हों ।’

वहाँले भन्नुभयो, ‘माघ १ गते सधैं यस ठाउँमा मकर नुहाउन आउने गर्दछौं । माघ १ गते नुहाउनाले हाम्रो पाप काटिन्छ ।’

लिङदेन आत्मानन्द सेईङले यो देश नेपाल हुनु भन्दा पहिले किरात देश रहेको बताउनुभयो । वहाँले नेपाली टोपी र नेपाली दाउरा सुरुवाल नेपालको सभ्यता हो । तर नेपाली टोपी नेपाली पोशाक बन्नु पुर्व किराती पोशाक रहेको बताउनु भयो ।

यसैगरि प्रदेश १ का विना विभागीय मन्त्री तिलकुमार मेन्याङबोले समुद्घाटन मन्तव्यको क्रममा महागुरु फाल्गुनन्द ज्ञानभूमि खत्रक्पा, गुरु आत्मानन्द तपोभूमि पुलुङगी र यस क्षेत्रमा निर्माण हुन लागेको माङहिम र बिकास्का पुर्वधारहरु निर्माणमा आफ्नो पुर्ण सहयोग रहने बताए ।

मन्त्री मेन्याङबोले माघे संक्रान्ती पर्व किरातहरुको मात्र नभएर सारा नेपालीहरुको पर्व भएको बताए ।

प्रदेश १ का विना विभागीय मन्त्री तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यमा सम्मपन्न कार्यक्रममा बि.एण्ड सी.मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रवन्ध निर्देशक दुर्गा प्रसाई, गुरु निजी कानुनी सल्लाहकार भिम खत्री, प्रदेश न १ का प्रदेश सभा सदस्य गोबिन्द गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सेवा अन्तर्गत शुक्रबार र शनिवार साक्मुरा वादेम्मा र युमा, थेबा, हिममाङको सेवा र आइतबार (आज) कार्यक्रमसँगै येत नाम्धुङ लाधुङ सेमी सेवा समेत सम्पन्न भएको छ ।

मेलाको अवसरमा किरात साम्यो साक्थिमगेन मुजोत्लुङ पान्जुम्भोका केन्द्रीय कलाकार गायक दिलिप माखिमको साँगितिक प्रस्तुति, केन्द्रीय कलाकारहरुको नृत्य, विभिन्न जातजातिका सास्कृतिक झाँकीहरुमा धान नाच, ख्याली, हाक्पारे, माङलुङ, केलाङ, सकेला, सेलो वालन, संगेनी, मारुनी, येवालाङ, हुर्रा प्रस्तुत गरिएको थियो ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ माइ नगर पालिकाका मेयर खम्बसिं लिम्बू माङसेबुङ ५ का वडाध्यक्ष नरेन्द्र कुमार राई लगायतको उपस्थितिमा माघे सक्रान्ति सत्यहाङ्मा मकर शान्ति सेवा (मेला) मुल समारोह समितिका अध्यक्ष जगत शहादुर लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहअध्यक्ष लोक बहादुर लिङदेनले स्वागत मन्तव्य र सञ्चालन सन्देश लिङदेनले गरेका थिए ।

सम्बन्धित खवर