माघ २, माङसेबुङ । स्पेनिस सुपर कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ ।
आइतबार राति भएको फाइनलमा रियल मड्रिडलाई ३–१ गोल अन्तरले हराउँदै सुपर कप फुटबलको उपाधि बार्सिलोनाले जितेको हो ।
बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे । रियलका लागि भने करिम बेन्जिमाले एक मात्र गोल फर्काए ।
बार्सिलोनाले पाँच वर्षपछि सुपर कपको उपाधि जितेको हो । मुख्य प्रशिक्षक जाभीको नेतृत्वमा बार्सिलोनाको यो पहिलो उपाधि हो ।