दमकमा भूमिहिन, अब्यवस्थित बसोवासीलाई निस्सा वितरण प्रक्रिया शुरु - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा भूमिहिन, अब्यवस्थित बसोवासीलाई निस्सा वितरण प्रक्रिया शुरु

  • निरन राई

माघ १४, दमक । झापाको दमक ८ का भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोवासीलाई भूमिको मालिक बनाउने उदेश्यले निस्सा वितरण प्रक्रिया शुरु गरेको छ ।

दमक नगरपालिका ८ न.वडा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरी उनीहरुको निवेदनको आधारमा निस्सा वितरण शुरु गरेको हो । दमक ८ का दलित, भूमिहिन , सुकुम्वासी र अव्यवस्थित वसोवासी विपन्नहरुलाई जमिनको मालिक बनाउने प्रक्रियाको शुरुवात निस्सा वितरण गरेको वडा अध्यक्ष दिपेश दाहाल (धर्म)ले बताउनु भयो ।

निवदेकहरुको आवश्यक कागजात सहितको निवदेन दर्तापछि संकलन गरेको निवेदनको आधारमा जग्गाधनी पुर्जा दिने प्रक्रियाको पहिलो चरण शुरु गरी २ सय ९८ जनालाई निस्सा वितरण गरेको वडाअध्यक्ष दाहालले बताउनु भयो ।

वडा भित्र भूमिहिन दलित २६ जना, भूमिहिन सुकुम्वासी १ सय २४ जना र अब्यवस्थित वसोवासी ४सय ४७ जना गरी कुल ५ सय ९७ जनालाई निस्सा वितरण गर्ने वडा सदस्य पदम गिरीले बताउनु भयो । कार्यक्रममा लक्ष्मी देवी दर्जी ,इन्दिरा थापा कार्की, तुलाराम गिरी, प्रकाश तिम्सिना, रुपा राई र इन्द्रमाया भुजेल लगायतले निस्सा दर्ता गराएको वडा सदस्य गिरीले बताउनु भयो ।

वडा अध्यक्ष दाहालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि दमक नगर पालिकाका नगर प्रमुख राम थापाले निस्सा भूमिहिन दलित,सुकुम्वासी अब्यवस्थित वसोवासीलाई जग्गाधनीको अपनन्तत्व ग्रहण गराउने संकेत भएको बताउनु भयो ।

नगर उपप्रमुख रेगिना भटराई प्रसाईले नगर वासीहरुलाई निस्सा लगायतका काम सेवाको लागि सहज पहल गरी रहेको बताउनु भयो । कार्यक्रममा स्थानिय अगुवाहरु धिरेन सुब्बा लावती ,ढुण्डीराज भण्डारी लगायतले सुकुम्वासी लगायतलाई निस्सा मात्र होइन धनीपुर्जा छिटो वितरण गर्नु पर्नेमा जोड् दिनु भएको थियो ।

सम्बन्धित खवर