माघ १५, पान्थर । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको प्रथम चेला महान समाधिष्ट ध्यानी आवाल ब्रम्मचार्य तुत्तु डिल्लीप्रसाद तुम्बापो (जौबारी कान्छा) को जन्मजयन्ती मनाइएको छ ।
डिल्लिप्रसाद तुम्बापो (जौबारी कान्छा) अध्ययन प्रतिष्ठानको आयोजनामा शनिबार पान्थरको फेदेन नगरपालिका ५ स्थित लोब्रेकुटीमा जौबारी कान्छाको ८६ औ जन्मजयन्ती मनाइएको हो ।
तुम्बापो समाज सेवा संघको अध्यक्ष धनराज तुम्बापोको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम समेत सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि फेदेन ५, का वडाध्यक्ष भरत तुम्बापो तथा अतिथिहरु श्याम नयन तुम्बापो, सम्मानित व्यक्तित्व हर्कविर योङहाङ, किरात साम्यो तुम्बापो सयङ अध्यक्ष कृतिविक्रम तुम्बापो, बद्रीनन्द स्मृती प्रतिष्ठान अध्यक्ष गीवार्णहाङ तुम्बापो, फेदेन २, का पूर्व वडाध्यक्ष सुकपाल तुम्बापा लगायतको उपस्थिति रहेको थियोे ।
प्रतिष्ठानद्वारा योङहाङ सम्मानित
डिल्ली प्रसाद तुम्बापो (जौबारी कान्छा) अध्ययन प्रतिष्ठानले किरात धर्मप्रति योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रत्येक बर्ष जन्मजयन्तीको अवसरमा सम्मान गर्दै आइरहेको छ ।
यसैगरी प्रतिष्ठानले यसपटक नवौं सम्मानितको रूपमा किरात धर्म र सास्कृतिक क्षेत्रमा लामो समय योगदान पुर्याएका माई नगरपालिका ६ स्थित बसोबास गर्दै आएका किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा केन्द्रिय उपाध्यक्ष हर्कविर योङहाङलाई सम्मान पत्रद्वारा सम्मान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि धनराज तुम्बापो, विशिष्ट अतिथि फेदेन ५, वडाध्यक्ष भरत तुम्बापो, श्याम नयन तुम्बापो, सम्मानित व्यक्तित्व हर्कविर योङहाङ , किरात साम्यो तुम्बापो सयङ अध्यक्ष कृतिविक्रम तुम्बापो, बद्रीनन्द स्मृती प्रतिष्ठान अध्यक्ष गीवार्णहाङ तुम्बापो लगायतले जौबारी कान्छाले किरात धर्ममा पुर्याएको योगदानको चर्चा गर्दै शुभकामना मन्तव्य राखेका थिए ।
डिल्लिप्रसाद तुम्बापो (जौबारी कान्छा) अध्ययन प्रतिष्ठानको अध्यक्ष ध्रुव तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिव सुबास तुम्बापो (काङसोरे) ले संचालन गरेका थिए ।