पवित्रहाङमा कप : आज रोयल दमक र एम.एफ.सी.दार्जिलिङ भिड्दै - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप : आज रोयल दमक र एम.एफ.सी.दार्जिलिङ भिड्दै

माघ २४, माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगिता अन्तरगत आज मंगलबार रोयल स्पोर्टिङ क्लब दमक झापा र एम.एफ.सि.दार्जिलिङ भारतबिच प्रतिस्पर्धा हुदैंछ ।

इलामको माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउसो २ बजे सुरु हुने प्रतियोगितामा रोयल दमक र एम.एफ.सी. दार्जिलिङबिच हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

हिजो भएको खेलमा आयोजक टिम माङसेबुङ गाउँपालिका इलामलाई १–० गोल अन्तरले पराजित गर्दै नवदीप युवा क्लब मिक्लाजुङ मोरङले विजयी सुरुवात गरेको छ ।

मिक्लाजुङ मोरङको जितमा पुर्णिमा राईले एक मात्र गोल गरिन । उनले खेलको इन्जुरी समयमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । राई खेलको वुमन अफ द म्याच समेत घोषित भईन ।

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को विजेताले नगद दुई लाख एक सय सर्सठी र उपविजेताले एक लाख एक सय सर्सठी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।

 

सम्बन्धित खवर