पवित्रहाङमा कप : एम.एफ.सी. दार्जिलिङको पहिलो जित - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप : एम.एफ.सी. दार्जिलिङको पहिलो जित

माघ २४, माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगितामा एम.एफ.सि.दार्जिलिङ भारतले जित निकालेको छ ।

मंगलबार इलामको माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा रोयल स्पोर्टिङ क्लब दमक झापालाई ५–१ गोल अन्तरले पराजित दार्जिलिङले जित निकालेको हो ।

दार्जिलिङको जितमा सोनिया मारकले ४ र सुस्मिता लेप्चाले १ गोल गरिन । यता दमकको लागि भने एक मात्र गोल मेनुका आलेमगरले फर्काइन् ।

खेलको पहिलो हापमा सोनिया मारकले ह्याट्रिक गर्दै टिमलाई ३–० को फराकिलो अन्तरले अग्रता दिलाईन् ।

यस्तै खेलको दोस्रो हापको पहिलो सान्तवना गोल दमकको तर्फबाट मेनुका आलेमगरले गरिन् । त्यसपछि पाहुना टेलीकै सोनिया मारक र सुस्मिता लेप्चाले एक/एक गोल गर्दै टिमलाई फाराकिलो जित दिलाए ।

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ अन्तरगत भोलि बुधबार माउण्ट एभरेष्ट स्पोर्टङि क्लब सुनसरी, र गाइघाट फुटबल क्लब उदयपुरबीच खेल हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

प्रतियोगितको विजेताले नगद दुई लाख एक सय सर्सठी र उपविजेताले एक लाख एक सय सर्सठी प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।

सम्बन्धित खवर