पवित्रहाङमा कप : आज माउण्ट एभरेष्ट सुनसरी र गाइघाट उदयपुर भिड्दै - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप : आज माउण्ट एभरेष्ट सुनसरी र गाइघाट उदयपुर भिड्दै

माघ २५, माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगिता अन्तरगत आज बुधबार माउण्ट एभरेष्ट स्पोर्टङि क्लब सुनसरी र गाइघाट फुटबल क्लब उदयपुरबिच प्रतिस्पर्धा हुदैंछ ।

इलामको माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउसो २ बजे सुरु हुने प्रतियोगितामा माउण्ट एभरेष्ट सुनसरी र गाइघाट उदयपुरबिच हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

मंगलबार भएको खेलमा रोयल स्पोर्टिङ क्लब दमक झापालाई ५–१ गोल अन्तरले पराजित गर्दै एम.एफ.सि. दार्जिलिङ, भारतले जित निकालेको छ ।

दार्जिलिङको जितमा सोनिया मारकले ४ र सुस्मिता लेप्चाले १ गोल गरिन । यता दमकको लागि भने एक मात्र गोल मेनुका आलेमगरले फर्काइन् ।

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को विजेताले नगद दुई लाख एक सय सर्सठी र उपविजेताले एक लाख एक सय सर्सठी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।

 

सम्बन्धित खवर