पवित्रहाङमा कप : आज कन्काई झापा र सुर्योदय इलाम भिड्दै - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप : आज कन्काई झापा र सुर्योदय इलाम भिड्दै

माघ २६, माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगिता अन्तरगत आज बिहिबार कन्काई नगर खेलकुद विकास समिति झापा र जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलामबिच प्रतिस्पर्धा हुदैंछ ।

इलामको माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउसो २ बजे सुरु हुने प्रतियोगितामा कन्काई झापा र सुर्योदय इलामबिच हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

बुधबार भएको खेलमा गाइघाट फुटबल क्लब उदयपुरलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले परजित गर्दै माउण्ट एभरेष्ट सुनसरीले जित निकालेको छ ।

माउण्ट एभरेष्ट सुनसरीको जितमा ट्राइब्रेकरमा इमा राई, झिना बिष्ट, पवित्र राई र कल्पना कार्कीले गोल गरिन् भने आशा लिम्बूको प्रहार उदयपुरका गोलकिपर झरना राईले बचाउ गरिन् ।

यस्तै गाइघाट उदयपुरका लागि भने मनिसा थापा मगर, समिक्षा मगर र मनिता तामाङले गोल गरिन् भने बिच हुने सुजिता घले र जेनिफोर रानामगरको प्रहारलाई सुनसरीका गोलकिपर कल्पना कार्कीले उत्कृष्ट बचाउ गरिन् ।

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को विजेताले नगद दुई लाख एक सय सर्सठी र उपविजेताले एक लाख एक सय सर्सठी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।

सम्बन्धित खवर