पवित्रहाङमा कप : आज सुर्योदय इलाम र धनकुटा भिड्दै - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप : आज सुर्योदय इलाम र धनकुटा भिड्दै

माघ २८, माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगिता अन्तरगत आज शनिबार जनता सेभेन स्पोर्टीङ क्लब सुर्योदय इलाम र धनकुटा जिल्ला फुटबल संघ धनकुटाबिच प्रतिस्पर्धा हुदैंछ ।

माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउसो २ बजे सुरु हुने अन्तिम क्वाटरफाइनल खेल सुर्योदय इलाम र धनकुटाबिच हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

सुक्रबार भएको खेलमा माउण्ड एभरेष्ट स्पोर्टीङ क्लब सुनसरीलाई २–० गोल अन्तरले पाराजित गर्दै ताप्लेजुङ सेमिफाइनल प्रवेश गरेको हो ।

ताप्लेजुङको जितमा सुजता पालुङवा र सितल क्षेत्रीले एक एक गोल गरिन । खेलको पहिलो हाफको नवौं मिनेटमा ताप्लेजुङका सुजता पालुङवाले गोल गर्दै टिमलाई अग्रता दिलाइन् ।

त्यसपछि खेलको २३औ मिनेटमा ताप्लेजुङका सितल क्षेत्रीले गोल गर्दै टिमलाई जित दिलाइन् । ताप्लेजुङकी सितल क्षेत्री खेलको वुमन अफ द म्याच घोषित भइन् ।

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को विजेताले नगद दुई लाख एक सय सर्सठी र उपविजेताले एक लाख एक सय सर्सठी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।

सम्बन्धित खवर