पवित्रहाङमा कप : धनकुटा र दार्जिलिङ भारत भिड्दै - Mangsebung News
  • बिहिबार, साउन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप : धनकुटा र दार्जिलिङ भारत भिड्दै

फागुन १, माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलमा धनकुटा जिल्ला खेलकुद संघ धनकुटा र एम एफ सि दार्जिलिङ भारतबिच प्रतिस्पर्धा हुदैंछ ।

प्रस्तावित आत्मानन्द रंगशालामा आज सोमबार दिउसो २ बजे सुरु हुने दोस्रो सेमिफाईनल खेल धनकुटा र दार्जिलिङ भारातबिच हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

आइतबार ताप्लेजुङ जिल्ला फुटबल संघ, ताप्लेजुङलाई २–१ गोल अन्तरले पराजित गर्दै नवदीप युवा क्लव मिक्लाजुङ मोरङले फाइनलमा स्थान पक्का गरेको छ ।

मिक्लाजुङ मोरङको जितमा अबिना राई र पुर्णिमा राईले एक एक गोल गरिन् । यता ताप्लेजुङका मिना लिम्बूले एकमात्र गोल फर्काइन ।

पहिलो हाफ बराबरीमा रोकिएको खेलको दोस्रोहाफमा भने मोरङ थप आक्रमक भएर उत्रियो । दोस्रो हाफको छैटौं मिनेटमानै पुर्णिमा राईको गोलमा मोरङले अग्रता लियो ।

त्यसपछि दूई मिनेट नबित्दै मोरङका लागि अबिना राईले गोल गर्दै अग्रता दोब्बर बनाईन । खेलको दोस्रो हाफको २७औं मिनेटमा ताप्लेजुङका मिना लिम्बुले गोल गर्दै खेल २–१ मा फर्काएपनि हार भने टार्न सकेन ।

खेलको वुमन अफ दि म्याच मोरङकि पुर्णिमा राई घोषित भईन् ।

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को विजेताले नगद दुई लाख एक सय सर्सठी र उपविजेताले एक लाख एक सय सर्सठी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।

सम्बन्धित खवर