पवित्रहाङमा कप : धनकुटालाई टाईब्रेकरमा हराउदैं दार्जिलिङ फाइनमा - Mangsebung News
  • मङ्गलबार, माघ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप : धनकुटालाई टाईब्रेकरमा हराउदैं दार्जिलिङ फाइनमा

फागुन १, माङ्सेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगितामा एम.एफ.सि. दार्जिलिङ भारत फाइनलमा प्रवेश गरेको छ ।

आज सोमबार प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा धनकुटा जिल्ला खेलकुद संघ धनकुटालाई टाईब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै दार्जिलिङले फाइनलमा स्थान पक्का गरेको हो ।

खेलको पहिलो हाफमा सोनिया मारकले गोल गर्दै दार्जिलिङलाई अग्रता दिलाईन् । तर खेलको इन्जुरी समयमा धनकुटाका भूमिका राईले गोल गर्दै खेल बराबरीमा फर्काइन ।

त्यसपछि खेलको निधारित समयमा दुबै टिमबाट गोल हुन नसक्दा खेल एक एक गोलको बराबरीमा रोकिन्दै नतिजा टाईब्रेकरमा धकेलिएको थियो ।

टाईब्रेकरमा दर्जिलिङका सोनिया मारक, ए निलु, अप्सना तामाङ र प्रिया तामाङले गोल गरिन् भने धनकुटाका लगि इक मात्र गोल बिर्सना चौधरीले गरिन् ।

धनकुटाका गोमा राक्केको प्रहार दार्जिलिङका गोलकिप्पर सुस्मा गुडियाले बचाउ गरिन् भने भूमिका राईको प्रहार बाहिरिएको थियो । खेलको वुमन अफ दी म्याच दार्जिलिङकि सुस्मिता लेप्चा घोषित भईन् ।

उपाधिका लागि बुधबार नवदीप युवा क्लव मिक्लाजुङ मोरङ र एम.एफ.सि.दार्जिलिङ भारतले प्रतिस्पर्धा गर्नेछ ।

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को बिजेताले नगद दुई लाख एक सय सर्सठी र उपविजेताले एक लाख एक सय सर्सठी प्राप्त गर्नेछ ।

प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

सम्बन्धित खवर