मोरङलाई सडनडेत्थमा हराउँदै पवित्रहाङमा कपको उपाधि दार्जिलिङ भारातलाई - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मोरङलाई सडनडेत्थमा हराउँदै पवित्रहाङमा कपको उपाधि दार्जिलिङ भारातलाई

फागुन ३, माङ्सेबुङ । पवित्रहाङमा कप फुटबल प्रतियोगिताको उपाधि एम.एफ.सि. दार्जिलिङ भारतले जितेको छ ।

बुधबार इलामको माङसेबुङ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाईनल खेलमा नवदीप युवा क्लव मिक्लाजुङ मोरङलाई सडनडेत्थमा ७–६ गोल अन्तरले पराजित गर्दै दार्जिलिङले उपाधि कव्जा गरेको हो ।

खेलको पहिलो हाफको ३८औं मिनेटमा सोनिया मारकले गोल गर्दै दार्जिलिङलाई अग्रता दिलाईन् । तर, खेलको दोस्रो हाफको २७ औं मिनेटमा मोरङका पुर्णिमा राईले गोल गर्दै खेल बराबरीमा फर्काइन ।

त्यसपछि खेलको निधारित समयमा दुबै टिमबाट गोल हुन नसक्दा खेल एक एक गोलको बराबरीमा रोकिन्दै नतिजा टाईब्रेकरमा धकेलिएको थियो ।

टाईब्रेकरमा पनि नतिजा बरबरी भएपछि सडनडेत्थमा दर्जिलिङले जित निकाल्न सफल भयोे । टाईब्रेकरमा दार्जिलिङका लागि सोनिया मारक, निलु तिर्की, अप्सना तामाङ, शिवानी शर्मा, सुस्मिता लेप्चा, कुसुम क्षेत्री र रिङकु राईले गोल गरिन् भने, प्रिया तामाङको प्रहार मोरङकी गोल किप्पर रुपा धिमालले उत्कृष्ट बचाउ गरिन् ।

यसरीनै मोरङका लागि पुर्णिमा राई, सिता कार्की, बिष्णु साँवा, सम्झना बेघा, दिपिका राई र अप्सरा राईले गोल गरिन भने कमला श्रेष्ठ र रितु लिम्बूको प्रहार दार्जिलिङका गोल किप्पर सुस्मा गुडियाले उत्कृष्ट बचाउ गरिन ।

उपाधि चुमेसंगै दार्जिलिङले नगद पुरस्कार दुई लाख एक सय सर्सठी रुपैयाँ सहित ट्रफी, मेडल तथा प्रमाण–पत्र प्राप्त गरेका छन् । यता उपबिजेता टिम मिक्लाजुङ मोरङले भने नगद पुरस्कार एक लाख एक सय सर्सठी रुपैयाँ सहित ट्रफी, मेडल तथा प्रमाण–पत्रमा चित्त बुझाउनु पर्यो ।

यसैगरि प्रतियोगिताको सर्वाधिक गोलकर्ता, दार्जिलिङकी सोनिया मारक, उत्कृष्ट खेलाडी मोरङकी पुर्णिमा राई, उत्कृष्ट डिफेन्डर दार्जिलिङकी प्रिया तामाङ र उत्कृष्ट गोलकिप्पर दार्जिलिङकी सुस्मा गुडिया घोषित हुदैं नगद पुरस्कार सँगै ट्रफी मेडल र प्रमाण–पत्र प्राप्त रेका छन् ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको देवसमुपस्थितिमा बिजेता र उपबिजेता खेलाडी तथा अफिसियलहरुलाई प्रमुख अतिथि प्रदेश १ का सडक पुर्वधार तथा सहरी बिकास मन्त्री दुर्गा चापागाईं र बिशेष अतिथि प्रदेश १ का प्रदेश सभा सदस्य राम रानाले पुरस्कार बितरण तथा मायाको चिनो प्रदान गरेका थिए ।

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को प्रथम पुरस्कार आङबुहाङ देउमान परिवार र दोस्रो पुरस्कार किरात धर्मगुरु निजी आश्रम कृषि समिति हङकङले सौजन्य गरेको छ ।

 

सम्बन्धित खवर