विश्वकप क्रिकेट लिग टू अन्तर्गत नामिबियामाथि नेपालको लगातार दोस्रो जित - Mangsebung News
  • बिहिबार, बैशाख ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप क्रिकेट लिग टू अन्तर्गत नामिबियामाथि नेपालको लगातार दोस्रो जित

फागुन ६, काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नामिबियामाथि लगातार दोस्रो जित हात पारेको छ ।

शनिबार नेपालले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ३ विकेटको जित निकाल्दै नामिबियामाथि लगातार दोस्रो जित हात पारेको हो ।

नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा कुशल मल्ल, आसिफ शेख तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे ।

आसिफले ९८ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८१ रन बनाए भने ज्ञानेन्द्रले ७४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६५ रन बनाए ।

कुशलले ४१ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ६२ रनको अर्धशतक प्रहार गरेका थिए ।

कप्तान रोहित पौडेल ४३ बलमा ३९ रन बनाए । सोमपाल कामी ८ रनमा अविजित रहदा कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरीले १/१ रन जोडे । सन्दीप जोराले ३ रन जोड्दा गुलशन झा सुन्य रनमा अविजित रहे ।

पूर्व कप्तान मल्ल तथा ओपनर शेखबीचको यस साझेदारी नेपालको एकदिवसीय अन्तराष्ट्रियमा बनेको सबैभन्दा ठूलो साझेदारी हो । मल्ल र शेखबीच दोस्रो विकेटका लागि १ सय ३९ रनको कीर्तिमानी साझेदारी भएको हो ।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ३ र बेर्नाड स्कोट्जले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो ।

नामिबियाका लागि जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए । पीकी या फ्रान्सले ४९ रन बनाए । रुबेन ट्रम्पेलम्यानले अविजित २४ रन बनाए ।

यस्तै लो–हान्ड्रे लौरेन्सले ४१ तथा माईकल भान २२ रन र कार्ल ब्रिकस्टकले २० रन बनाए । कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५/१५ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए । करण केसीले भने १ विकेट लिए ।

यससँगै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् ।

नेपालले अब अन्तिम खेलमा मंगलबार स्कटल्याण्डसँग खेल्नेछ । सिरिजमा नेपाल २७ खेलमा २४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३३ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

घरेलु मैदानमा जारी सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो ।

 

सम्बन्धित खवर