- आन्छुमे नसान
फागुन ९, माङसेबुङ । पछिल्लो समयका व्यस्त निर्देशक हाङ चेम्जोङको निर्देशनमा शान्ता केरुङको शव्द तथा लय संकलन रहेको लिम्बू भाषाको पालाम ‘मेखिम काम्मा’ सार्वजनिक गरिएको छ ।
गायीका निरन्ता नेम्बाङ र गायक शिव सम्बाहाङफेको आवाजमा विवस नेम्बाङ र सृजना जबेगुको समेत आवाज रहेको पालाम ‘मेखिम काम्मा’ भिडियो सार्वजनिक गरिएको हो ।
लिम्बू जातिको शुभ विवाह कार्यमा गाइने पालाम प्रस्तुत गरिएको भिडियोमा यासेली योङहाङ, जीवन केदेम, दुर्गा तुम्सा, शान्ता केरुङ, सुस्मा सम्बाहाम्फे, सक्कु लक्सम, मिलन केदेम, किराण केदेम र चन्द्र केदेमको अभिनय रहेको छ ।
मनोज साङसोनको संगीत संयोजनमा किङग स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।
सुमन तामाङको छायाँकन, कृष्ण सुबेदीको मेक तथा पर्सु थलङको सम्पादन रहेको भिडियो लिम्बू कल्चर कृएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…