भोलिदेखि ९ दिनसम्म दमकमा फुड फेस्टिबल आयोजना हुदैं - Mangsebung News
  • बिहिबार, साउन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भोलिदेखि ९ दिनसम्म दमकमा फुड फेस्टिबल आयोजना हुदैं

  • निरन राई

फागुन १०, दमक । दमकमा भोलि बिहिबारदेखि ९ दिनसम्म फुड फेस्टिबल आयोजना हुने भएको छ ।

फागुन ११ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने ९ औं फुड फेस्टिबलको आवश्यक तयारी अन्तिम चरणमा पुगेको फेस्टिबल आयोजक संस्था होटल व्यवसायी संघ दमकले जानकारी दिएको छ ।

फेस्टिबल सम्पन्न गर्न संघका केन्द्रीय सदस्य भुपेन्द्र न्यौपानेको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्नुका साथै दर्जनौं विभिन्न उपसमिति गठन गरि काम भैरहेकोखछ ।

दमक –७ स्थित पशुहाटको मैदानमा आयोजना गरिने फुड फेस्टिबलमा विभिन्न समुदायका परिकार र पेय पदार्थ र स्थानीय कृषिउत्पादन लगायतका व्यवसायिक स्टलहरु रहने छन् ।

५० हजार बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सो फेस्टिबलमा ५० लाख बराबरको कारोबार हुने संयोजक भुपेन्द्र न्यौपानेले बताए ।

फेस्टिबलका दौरान चर्चित गायिका मेलिना राई, एलिना चौहान, अस्मिता अधिकारी, ज्योति मगर लगायतका कलाकारको समेत प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

दमकमा विगत ९ वर्षदेखि स्थानीय खाद्य परिकार र पर्यटन प्रवर्द्धनको निम्ति फुड फेस्टिबल हुँदै आएको छ ।

सम्बन्धित खवर