कियाचु फेदेनको दोस्रो अधिबेशन सप्पन्न, अध्यक्षमा नेम्बाङ निर्वाचित - Mangsebung News
  • सोमबार, चैत ०६, २०७९
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कियाचु फेदेनको दोस्रो अधिबेशन सप्पन्न, अध्यक्षमा नेम्बाङ निर्वाचित

फागुन २५, फेदेन । किरात याक्थुङ चुम्लुङ फेदेन नगर कार्यसमितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।

बुधबार फेदेनस्थित चुम्लुङ्हिममा सम्पन्न अधिबेशनले देउकुमार नेम्बाङ्को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।


नवनिर्वाचित उपाध्यक्षमा बीरबहादुर केरुङ, सचिवमा सुरेन्द्र केरुङ, सहसचिवमा सुसिला जबेगु र कोषाध्यक्षमा कमला तुम्बापो नेम्बाङ रहेका छन् ।


यसैगरि सदस्यहरूमा गणेश बहादुर लिम्बू, कल्पना तुम्बापो, धनकुमारी तुम्रोक, गंगामायाँ तुम्रोक, पृथ्वीविक्रम इङ्वा, जयप्रसाद मेयोङ्बा, कमल तुम्रोक, महेन्द्रकुमार तुम्बापो, भीमकुमारी तुम्बापो, जयबहादुर नेम्बाङ रहेका छन ।


‘कोसि प्रदेश खारेज गर’ भन्ने मुल नारा सहित फेदेन बजार परिक्रमा गरि गरिएको उद्घाटन समारोहमा चुम्लुङ प्रदेश अध्यक्ष मधु केरुङ, राजनैतिक दलका प्रतिनिधिहरु, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य दिलेन्द्र सुब्बा, राष्ट्रिय चुम्लुङ सदस्य सागर केरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सम्बन्धित खवर