- आन्छुमे नसान
फागुन २६, काठमाडौं । गायक तथा संगीतकार यादन सेर्मा नुनाम र गायीका तिर्सना नेम्बाङको सुमधुर आवाजमा सजिएको रोमान्टिक लिम्बू गीत ‘तेम्दा तङनामओ’ सार्वजनिक गरिएको छ ।
गीतकार देबेन्द्र कुमारी सेर्मा फेउदिनको शव्द तथा यादन सेर्मा नुनामको संगीतमा सजिएको लिम्बू गीत ‘तेम्दा तङनामओ’ बिहिबार सार्वजनिक गरिएको हो ।
मनोज साङसोन राईको संगीत संयोजनमा किङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतको लिप्सिङ भिडियोको छायांकन तथा सम्पादन कृष्ण थलङले गरेका हुन् ।
भिडियो गायक तथा संगीतकार यादन सेर्माको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…