हामीमाझ रहेनन् बरिष्ठ फिल्म निर्देशक प्रताप सुब्बा - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हामीमाझ रहेनन् बरिष्ठ फिल्म निर्देशक प्रताप सुब्बा

चैत २, काठमाडौं । वरिष्ठ निर्देशक प्रताप सुब्बाको बिहीबार ७८ वर्षको उमेरमा निधन भएको छ ।

बिहिवार बिहान भारतको पश्चिम बंगाल, सिलीगुडीस्थित एक अस्पतालमा उनको निधन भएको हो ।

उनी पहिलो नेपालीमूलका भारतीय फिल्म निर्देशक समेत हुन् ।

२०३५ सालमा रिलिज भएको ‘परालको आगो’ निर्देशन गर्दै करिअर थालेका सुब्बाले बाँच्न चाहनेहरु, मसाल, कहीं अँध्यारो कहीं उज्यालो, दिदी, चट्याङ र भीष्म प्रतिज्ञा जस्ता व्यावसायिक र समीक्षात्मक रुपमा चर्चित नेपाली फिल्म निर्देशन गरेका छन् ।

नेपाली मौलिक फिल्मका प्रणेता मानिने सुब्बा निर्देशित परालको आगो नेपालबाहिर बनेको पहिलो मौलिक नेपाली फिल्म थियो ।

 

सम्बन्धित खवर