हाङको निर्देशनमा कल्पनाको पालाम ‘थिबोङ् तुक् हिङ्मन’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा कल्पनाको पालाम ‘थिबोङ् तुक् हिङ्मन’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

चैत २, काठमाडौं । पछिल्लो समय मैलिक भाषा लिपी कला संस्कृतिको उजागर गर्ने खालका भाषिक म्युजिक भिडियो एक पछि अर्को गर्दै निर्देशन गर्दै आईरहेका व्यस्त निर्देशक हाङ चेम्जोङको निर्देशनमा याक्थुङ पालाम ‘थिबोङ् तुक् हिङ्मन’ भिडियो सार्वजनिक गरिएको छ ।

बिहीवार काठमाडौंको माइतीघरस्थित तृप्ती फुड कोर्टमा पूर्व एआईजी ठुले राईको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमबीच पालाम ‘थिबोङ् तुक् हिङ्मन’ भिडियो सार्वजनिक गरिएको हो ।


प्रमुख अतिथि पूर्व एआइजी ठुले राईले पानसमा दियो बालेर उद्घाटन गरेकाे कार्यक्रममा विशेष अतिथिहरू कियाचुका उपाध्यक्ष गोबिन्द आम्बुङ, संचारिका समुहकी अध्यक्ष तथा कवि बिमला तुम्खेवा, पाँथर समाजका अध्यक्ष होमकुमार लावतीको उपस्थिति रहेको थियो ।

यस्तै अतिथिहरूमा खड्ग न्यौपाने, टंक श्रेष्ठ, सरिता राई, क्या.टंक जबेगु, कल्पना योङहाङ, निर्देशक रवि सेर्मा, गायक तथा संगीतकार ब्रबिम सेर्मा लगायतको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व एआइजी ठूले राईले गीतकार आङ्बुहाङलाई बधाई दिदैं उनी देशभन्दा धेरै टाढा रहे पनि नेपालको माटो र हावापानीलाई आफूसँगै राखेको बताए ।

पाःलामको शब्द नबुझे पनि भिडियोले धेरै गहिरो विषय बोकेको देख्न सकिने बताए पूर्व एआईजी राईले बताए ।


उनले यस्ता किसिमका संस्कारहरू पुस्तान्तरण हुँदै जानुपर्ने र यसमा व्यापकता आउनुपर्ने समेत बताए ।

यसैगरी कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रमका बिशेष अतिथि कियाचुका उपाध्यक्ष गोविन्द आम्बुङले अहिले मौलिक पाःलाम र धाननाचहरू हराउदै गएको जस्तो देखिएकोले यसको संरक्षण हुनुपर्ने बताए ।


यस्तै शुभकामना मन्तव्य राख्ने क्रममा अतिथि कवि बिमला तुम्खेवाले लिम्बू जाती भाषा, लिपी, कला, संस्कृति र भेषभुषामा अहिले पनि संसारै भरीकै सम्पन्न जातीमा पर्ने बताइन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा कलाकार यासेली योङहाङले हरेक वस्तुको अस्तित्व हुने बताउँदै यतिबेला १ नम्बर प्रदेशमा अहिले बिद्रोहको आवाज बुलन्द भएको बेला यो पाःलाम सोही बिद्रोहको एउटा रुप भएको बताए ।


कलाकार योङहाङले कलाकारहरू राष्ट्रको गहना नभएर देशको अभिन्न अङ्ग भएको पनि बताए ।

 

बिष्णु सिंगकले सञ्चालन गरेको  कार्यक्रमको अन्त्यमा उपस्तिथित सबैलाई धन्यवाद दिँदै निर्देशक हाङ चेम्जोङले चन्द्रकुवेर, कमला लगायतसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी भएको बताए ।

कार्यक्रममा कलाकारहरू चन्द्रकुवेर खापुङ र कमला सेन्दाङ लगायत सम्पूर्ण कलाकारहरूलाई प्रसंसा–पत्र वितरण गरिएको थियो भने प्रमुख अतिथिलाई सम्मानपत्र प्रदान गरिएको थियो ।


कल्पना आङ्बुहाङको शब्द संकलन तथा देश थलङ लिम्बुको लय संकलन रहेको पालाममा गायक सुमन लिम्बू र निरन्ता नेम्बाङले स्वर दिएका छन् भने कोरस गायनमा गंगा फियाक र दिवस नेम्बाङले साथ दिएका छन् ।

राजु कार्कीको मिक्सिङ रहेको पालामको ख्यालीमा भने मुन्धुमवीद यासेली योङहाङको शब्द लेखन रहेको छ ।

इसाक जबेगुको छायांकन तथा सम्पादन, झरना लिम्बू र बन्दना अधिकारीको मेबअप रहेको पालाममा एसएसपी चन्द्रकुबेर खापुङ, कमला सेन्दाङ, यासेली योङहाङ, लक्ष्मी योङहाङ, शनी लिम्बु,नरेश वनेम, मनु थक्लुङ, पूर्ण लिम्बु, बसन्ता सम्बाहाम्फे, बिनु लक्सम, पर्शु थलङ, टेकेन्द्र चेम्जोङ र राजु चेम्जोङ लगायतले अभिनय गरेका छन् ।

किङ्ग स्टुडियोमा रेकर्ड गरिएको पालामको भिडियो कल्पना आङ्बुहाङको अफिसियल युट्युब च्यानल मेरि आमाबाट सार्वजनिक गरिएको हो ।

पालाम हेर्नुहोस…

 

सम्बन्धित खवर