भुटानसँग बराबरी खेल्दै नेपाल थ्री नेसन्स कपको फाइनलमा प्रवेश - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भुटानसँग बराबरी खेल्दै नेपाल थ्री नेसन्स कपको फाइनलमा प्रवेश

 


चैत १४, काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित रंगशालामा भएको खेलमा नेपालले भुटानसँग १-१ गोलको बराबरी खेल्दै फाइनलको यात्रा तय गरेको हो ।


खेलको इन्जुरी समयको पहिलो मिनेटमा दीपक राज सिंह ठकुरीले गोल गर्दै नेपाललाई भुटानसँग १-१ गोलको बराबरीमा फर्काउन सफल भएको हो ।

निशान खड्काको कर्नरमा अनन्त तामाङले हेडरमार्फत उपलब्ध पासमा दीपकले हेडमार्फत गोल गरे । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।


त्यसअघि खेलको १९ औं मिनेटमा तेन्जिन नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए ।  दावा छिरिङको कर्नरमा नोर्बुले हेडरमार्फत उत्कृष्ट गोल गरे ।

खेलको म्यान अफ दि म्याच नेपालका आयुष घलान चुनिए ।

नेपालमाथि भुटानको यो ऐतिहासिक प्रदर्शन हो । भुटानले पहिलो पटक नेपालसँग बराबरी खेलेको हो ।

नेपालले दक्षिण एसियाली प्रतिद्वन्दी भुटानसँ

यस बराबरीसँगै नेपाल फाइनलमा पुगेको छ । भुटान भने बाहिरिएको छ ।


अब नेपालले लाओससँग चैत १७ गते उपाधिका लागि खेल्नेछ ।

नेपालले २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

सम्बन्धित खवर