कोशी नाम विरुद्ध अन्तरक्रियापछि कोशी लेखिएको लेटर प्याड र बोर्ड नचलाउन पालिकालाई आग्रह - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोशी नाम विरुद्ध अन्तरक्रियापछि कोशी लेखिएको लेटर प्याड र बोर्ड नचलाउन पालिकालाई आग्रह

चैत २०, कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिकामा प्रदेश नम्बर १ को कोशी नामाङ्कन खारेज गर्न एकदिने अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

 

आदिवासी जनजाति महासंघ जिल्ला कार्य समितिका अध्यक्ष रिन्जी शेर्पाको प्रमुख उपस्थितिमा सर्बदलिय अन्तरक्रिया कार्यक्रम भएको हो ।

 

प्रदेशको नामाङ्कनको बिसयमा शान्तिपूर्ण भइरहेको आन्दोलन भड्काएर राज्यले द्वन्दको बाटो रोजेको शेर्पाले बताए । ऐतिहासिक इतिहास र सभ्यतामा आधारित सहअस्तित्व कायम हुनेगरी भूगोलको नामाकरण राखौ भन्दा राज्यले जातिय सहिष्णुता र सद्भाव बिथोल्न खोजेको भन्दै समस्याको समाधान छिटो हुनुपर्ने उनले जोड दिए ।

 

यसैगरी कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्रबहादुर खड्काले हाल भइरहेको आन्दोलनलाई खुलेरै समर्थन गरे भने अध्यक्ष बमप्रसाद लावतिले पनि भूगोलको आधारमा समुदायको पहिचान झल्किनुको विकल्प नभएको बताए ।

लिम्बुवान किरात संयुक्त संघर्ष समितिको आयोजनामा भएको सो कार्यक्रममा लिम्बुवान किरात जातिवादी नामाङ्कन नभएको लिलडा अध्यक्ष दिलेन्द्र कुरुम्बाङ्ले बताए । उनले कोशी नदिको नामसम्म स्विकार्न सकिने तर प्रदेशकै नामाङ्कन भने कुनैपनी हालतमा स्विकार्य नहुने बताए ।

कौसीकि ब्राह्मण समुदायको एकल पहिचान अरुलाई पनि जबर्जस्ती थोपारिएको कुरुम्बाङ्को भनाइ थियो ।

 

लिम्बुवान किरात शब्द ब्राह्मण जातिलेनै राखिदिएको तर अहिले आदिवासी जनजातिको थात्थलो भूगोलको त्यही नाम राखियोस भन्दा नश्लिय चिन्तन भएका शासकहरुले कानमा तेल हालेर बसेको उनले बताए ।

 

त्यस्तै लिम्बुवान राष्ट्रिय समिति सदस्य जकेन्द्र लावतिले सत्य जहिले थोरै भए पनि सत्यकै जित हुने बताए । संयुक्त संघर्ष समिति द्वारा संचालित पहिचानवादी आन्दोलनको उभारलाइ सबैले आत्मसात गरेर साथ सहयोग दिनुपर्ने उनले बताए ।

 

किरात याक्थुङ चुम्लुङका पुर्व केन्द्रिय सदस्य गणेश चेम्जोङ र आदिवासी जनजाति महासंघ कुम्मायक गाउकार्य समितिका अध्यक्ष दुर्गा बम्जनले पनि बहुपहिचानको आधारमा भूगोलको नाम राख्न चुक्नु नहुने बताए ।

 

षड्यन्त्र पुर्वक राखिएको कोशी नाम खारेज नगरे आन्दोलनले थप उग्र रुप लिन सक्ने किरात याक्थुङ चुम्लुङ्का जिल्ला सदस्य घनेन्द्र शेर्माले बताए हाल भइरहेको आन्दोलनमा ३६ वटा संघ सस्थाको सहभागिता रहेको र पहिचानवादी पक्षधर संघ सङ्गठनहरुको एकता हुने क्रम जारी रहेको शेर्माले बताए ।

 

कोशी नाम खारेजी अभियानमा महेन्द्र लावतिको अध्यक्षतामा पनि थप संघर्ष समिति गठन भएको जानकारी प्राप्त भएको छ ।

 

यसैगरी संयुक्त संघर्ष समितिले कुम्मायक गाउँपालिकाको कार्यलय र पाँच वटै वडा कार्यलयहरुमा कोशी प्रदेश लेखिएको बोर्ड र लेटर प्याड तत्काल नचलाउन आग्रह गर्दै गाउपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोलाई ज्ञापन पत्र दिइएको छ ।

 

कार्यक्रम संयुक्त संघर्ष समितिका संयोजक पदम सुखी सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर