- आन्छुमे नसान
चैत २२, काठमाडौं । लोकप्रिय गायीका सबिना योङहाङ लिम्बू र गायक चक्र भुषण राईको सुमधुर आवाजमा सजिएको पुर्वेली लोकभाका गीत ‘जुग जाने माया’ सार्वजनिक गरिएको छ ।
लोकप्रिय संगीतकार डि.आर. अटुको शव्द तथा लय संकलन रहेको पुर्बेली गीत ‘जुग जाने माया’ को भिडियो सार्वजनिक गरिएको हो ।
लिम्दुमी क्रिएशन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।
दुर्गा बान्तावा राईको छायांकन तथा सम्पादनमा अनिस तिम्सिनाको ड्रोन र अनिसा चाम्लिङको मेकअप रहेको भिडियो रदुङ मिडिया युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…