भियतनामसँग नेपालको लगातार दोस्रो हार - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भियतनामसँग नेपालको लगातार दोस्रो हार

चैत २५, काठमाडौं । नेपाल पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा पराजित भएको छ ।

शनिबार नेपाल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बलियो राष्ट्र भियतनामसँग २-० गोल अन्तरले पराजित भएको हो ।

भियतनामको जितमा फाम हाइ यनले दुई गोल गरिन् । फामले दुई मिनेट भित्र दुई गोल गर्दै पाहुना टोलीलाई जित दिलाएकी हुन् ।

खेलको छैटौं मिनेटमा फामले गोल गर्दै भियतनामलाई सुरुआती अग्रता दिलाएकी थिइन् । एनगुएन थि मेको कर्नरमा नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा फामले गोल गरिन् ।

त्यसको एक मिनेट नबित्दै सातौं मिनेटमा फामले व्यक्तिगत दोस्रो गोल गर्दै भियतनामलाई २-० को जित दिलाईन् ।  ट्रान थि ठु थाओको क्रसमा नेपालका तीन डिफेन्डरको बीचमा रहेकी फामले बल नियन्त्रणमा लिदै उत्कृष्ट गोल गरिन् ।

दोस्रो हाफमा भियतनामविरुद्ध हाबी भएपनि नेपालले केहि गोलको अवसर भने खेर फालेको थियो ।

नेपालमाथि लगातार दुई जित निकालेसँगै भियतनाम भने समूह ‘सी’बाट दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो खेलमा भियतनामले नेपाललाई ५-१ गोल अन्तरले हराएको थियो ।

नेपाल भने पहिलो चरणबाट बाहिरिएको छ।

 

सम्बन्धित खवर