प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिद्वारा इटहरीमा विरोध सभा - Mangsebung News
  • मङ्गलबार, माघ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिद्वारा इटहरीमा विरोध सभा

बैशाक १०, इटहरी । प्रदेश न.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले सुनसरीको इटहरी चौकमा विरोध सभा गरेको छ ।

 

आईतवार प्रदेशको नाम कोशी खारेजीको माग गर्दै संयुक्त संघर्ष समितिको आयोजनामा विरोध सभा गरिएको हो ।

हजारौंको संख्यामा र्यालिसहित उपस्थित प्रदर्शनकारीले कोशी प्रदेश खारेज गर जस्ता नाराबाजी गर्दै बजार परिक्रमा गरि इटहरीको मुख्य चौकमा आएर विरोध सभा गरेका थिए ।

 

विरोध सभामा लेखक खगेन्द्र संग्रौला, नेपाल आदिवासी जनजाति महासंघका पूर्व उपाध्यक्ष गोबिन्द छन्त्याल, जनमुक्ति पार्टी नेपालका नेता सन्जुहाङ पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका रघुबिर सिंह ठगुन्ना, पहिचान सहितको प्रदेश न. १ पुनः नामाङकन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम लगायतले सभालाई सम्बोधन गरेको थिए ।

यसैगरी संघर्ष समितिले भोलि सोमबारदेखि विराटनगर केन्द्रित शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने जनाएको छ ।

 

सम्बन्धित खवर