बैशाक १५, काठमाडौं । नेपालले एएफसी यू-१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा सानदार जित निकालेको छ ।
शुक्रबार प्रिन्स मोहमद स्टेडियममा आयोजक जोर्डनलाई ४-१ गोल अन्तरले पराजित गर्दै सानदार जित निकालेको हो ।
छनोटमा नेपालको यो पहिलो जित हो । जितसँगै समूह ‘एच’ मा रहेको नेपालले २ खेलमा ३ अंक जोडेको छ ।
यस समूहमा नेपाल, जोर्डन र इरान रहेको छ ।
समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।