नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा छनोट - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा छनोट

 

बैशाक १९, काठमाडौं । नेपाल एसीसी मेन्स प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको छ ।

मंगलबार टियु मैदानमा भएको फाइनल खेलमा युएईलाई ७ विकेटले हराउँदै नेपाल च्याम्पियन बन्दै एसिया कपमा छनोट हो ।

नेपालले २१ वर्षपछि एसिया कपमा स्थान बनाएको छ । नेपालले यस अघि सन् २००२ मा एसिया कपमा स्थान बनाएको थियो ।

युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।


नेपालका लागि गुलसन झाले ८४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले ।

गुलसनले भीम सार्कीसँग मिलेर चौथो विकेटका लागि ९२ रनको अविजित साझेदारी गरेका थिए । भीम भने ७२ बलमा ३६ रनमा अविजित रहेका थिए ।

युएईका लागि रोहन मुस्तफाले २ तथा आयान खानले १ विकेट लिए ।

 

मौसमका कारण सोमबार र मंगलबार गरी दुई दिन भएको फाईनल खेलमा युएईले ३३ दशमलब १ ओभरमा १० विकेट गुमाएर १ सय १७ रन बनायो ।

युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छककाको सहयोगमा ५४ रन बनाए ।

ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए । वासिलले २७ बलमा १० रन बनाएका थिए । कप्तान तथा ओपनर मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले ४ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २/२ तथा गुलसन झा, सोमपाल कामीले समान १/१ विकेट लिए ।

एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।

एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र नेपाल समूह ए मा तथा समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् ।

एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।

 

 

सम्बन्धित खवर