ला लिगाको उपाधि बार्सिलोनालाई - Mangsebung News
  • मङ्गलबार, माघ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगाको उपाधि बार्सिलोनालाई

जेठ १, काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ ।

आइतबार राति घरेलु टोली स्पानियोलमाथि ४-२ को सहज जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको उच्याम्पियन बनेको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोवस्कीले दुई तथा एलेजान्ड्रो ब्लेड र ज्युल्स कोन्डेले समान १/१ गोल गरेका थिए ।

यता स्पानियोलका जाभियर पुवाडो र जोसेलुले समान १/१ गोल गरेका थिए ।

यो सँगै बार्सिलोनाले २७ औं पटक ला लिगाको उपाधि जितेको छ । बार्सिलोनाले सन् २०१८–१९ सिजन पछि ला लिगाको उपाधि जितेको यो पहिलो पटक हो ।

जाभी हर्नान्डेज टोलीको मुख्य प्रशिक्षक बनेपछि बार्सिलोनाले पहिलो पल्ट ला लिगाको उपाधि जितेको हो ।

अर्जेन्टिनाका स्टार खेलाडी  लियोनेल मेस्सीले क्लब छाडेपछि  बार्सिलोनाको यो पहिलो ला लिगा उपाधि हो ।

 

सम्बन्धित खवर