प्रदेश सभा सदस्य राम राना आफ्नै निर्वाचन क्षेत्रबाट लखेटिए - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश सभा सदस्य राम राना आफ्नै निर्वाचन क्षेत्रबाट लखेटिए

जेठ ३, माङसेबुङ । प्रदेशसभा सदस्य रामबहादुर राना मगरमाथि आक्रमणको प्रयास भएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका रानालाई उनकै निर्वाचन क्षेत्र इलाम २ (२) को माङसेबुङमा आक्रमणको प्रयास भएको हो ।

एमाले जिल्ला कमिटी इलामको बैठकका लागि माङसेबुङ जाँदै गरेका रानालाई अज्ञात स्थलबाट आक्रमण भएको प्रहरीले जनाएको छ ।

प्रदेश १ को नामाकरण गर्दा कोशी नामको प्रस्तावक रहेका रानालाई अज्ञात स्थलबाट ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख दिलिप घिमिरेले पुष्टि गरेका छन् ।

आक्रमणबाट राना सवार बा २ झ ३७३७ नम्बरको गाडिको अगाडि र पछाडिको सिसा फुटेको छ । दिउँसो १ बजे भएको घटनामा संलग्नको खोजी भइरहेको र राना सकुसल रहेको प्रहरीले जनाएको छ ।

आक्रमणपछि उनी सहितको टोली दमक फर्किएको थियो ।

सम्बन्धित खवर