रियलमाथि सानदार जित निकाल्दै सिटी फाइनलमा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रियलमाथि सानदार जित निकाल्दै सिटी फाइनलमा

जेठ ४, काठमाडौं । स्पेनिस क्लव रियल मड्रिडलाई पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बसधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रियललाई ४-० ले पराजित गर्दै समग्रमा ५-१ को सानदार जितसहित सिटी फाइनलमा प्रवेश गरेको हो ।

सिटी र रियलबीचको पहिलो लेगमा १-१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो लेगमा रियललाई जित दिलाउन बेर्नार्डो सिल्भाले दुई गोल गरे । म्यानुएल एकान्जी र जुलियन अल्भारेजले एक एक गोल थपे ।

जुन १० मा इस्तानबुलमा हुने फाइनलमा उपाधिका लागि सिटीले इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ ।

सम्बन्धित खवर