काभा अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपालको बिजयी सुरुवात - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

काभा अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपालको बिजयी सुरुवात

जेठ ८, काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ ।

 

सोमबार राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले बिजयी सुरुवात गरेको हो ।

 

घरेलु समर्थकको साथ पाएको नेपालले किर्गिस्तानलाई २५-११,२५-१९ र २५-११ ले हराएको हो ।

जितसँगै समूह ‘ए’ को नेपालले ३ अंक जोडेको छ ।

 

अब नेपालले दोस्रो खेलमा मंगलबार बंगलादेशको सामना गर्नेछ ।

 

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तान गरि ८ टोलीको सहभागिता रहेको छ।

 

समूह ‘ए’ मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

 

राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित खवर