नेपाल काभा अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल काभा अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा

जेठ ९, काठमाडौं । घरेलु भूमिमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

 

मंगलबार राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा बंगलादेशलाई हराउँदै लगातार दोस्रो जित निकाल्दै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।

 

नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो । नेपालले बंगलादेशलाई २५-१०,२५-८ र २५-९ ले हराएको हो ।

 

जितसँगै समूह ‘ए’ को नेपालले ६ अंक जोडेको छ । समान ६ अंक नै भएको भारत पनि यस समूहबाट सेमिफाइनल प्रवेश गरेको छ । दुई खेलमा जितबिहिन बंगलादेश र किर्गिस्तान भने समूहचरणबाट बाहिरिएका छन् ।

 

अब नेपालले तेस्रो खेलमा बुधबार भारतको सामना गर्नेछ । भारत र नेपालको खेलबाट समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

 

मंगलबार नै भारत र काजकिस्तानले पनि जित निकालेका छन् ।

सम्बन्धित खवर