नेपाल काभा अन्तर्राष्ट्रिय महिला भलिबलमा भारतसँग पराजित - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल काभा अन्तर्राष्ट्रिय महिला भलिबलमा भारतसँग पराजित

जेठ १०, काठमाडौं । घरेलुु टोली नेपाल एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित भएको छ ।

बुधबार राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा नेपाललाई हराउँदै भारतले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

घरेलु समर्थकको साथ पाएको नेपाललाई भारतले ३-१ को सेटमा हराएको हो ।

पहिलो सेट १२-२५ को अन्तरले गुमाएको नेपालले दोस्रो सेट २४-२६ ले गुमाएको थियो ।

तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेर नेपाल खेलमा फर्किएको थियो । तर, चौथो सेट २५-२१ ले जितेर भारतले नेपालविरुद्धको जित पक्का गर्यो ।

जितसँगै समूह ‘ए’ को भारत ३ खेलमा ९ अंक शीर्ष स्थानमा रहेको छ । पराजित नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो रहेको छ ।

समूह ए को उपविजेता बनेको नेपालले शुक्रबार हुने सेमिफाइनल खेलमा समूह बी को विजेता काजकिस्तानसँग खेल्नेछ ।

समूह ए को विजेता भारतले सेमिफाइनल खेलमा समूह बी को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ ।

सम्बन्धित खवर