नेपाल सेमिफाइनलमा काजकस्तानसँग पराजित - Mangsebung News
  • सोमबार, मङि्सर २५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल सेमिफाइनलमा काजकस्तानसँग पराजित

जेठ १२, काठमाडौं । नेपाल काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा काजस्तानसँग पराजित भएको छ ।

 

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा काजकस्तान पराजित भएको हो ।

 

उपाधि दावेदार घरेलु टोली नेपाललाई काजकस्तानले ३-२ को सेटमा पराजित गरेको हो । जितसँगै काजकस्तानले फाईनलमा स्थान पक्का गरेको छ ।

 

नेपालको भने उपाधि यात्रामा पुर्णबिराम लागेको छ । पहिलो सेटमा हार व्यहोरेको नेपालले दोस्रो र तेस्रो सेटमा सहज जित हात पारेको थियो । तर, चौथो सेट कजाकस्तानले जितेर खेलमा पुरागमन गरेको थियो ।

 

निर्णायक पाँचौ सेट जित्दै काजकस्तानले फाइनलमा स्थान बनाएको थियो ।

 

अब काजकस्तानले उपाधिका लागि आइतबार फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

 

 

सम्बन्धित खवर